काठमाडौं, ५ भदौं – नेपाल पत्रकार महासंघको निर्वाचन सोमवार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सकिएको छ ।
महासंघको निर्वाचनमा प्रेस चौतारी नेपालको गठबन्धन र नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघको गठबन्धन प्रतिस्पर्धामा छन् ।
महासंघको २५ औं महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चुनिनेछ । महासंघको निर्वाचनमा यसपटक प्रेस चौतारी नेपालको तर्फबाट तीर्थ कोइराला, नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघको गठबन्धनको तर्फबाट गोविन्द आचार्य, इन्द्र राउत ,उजिर मगर र भावना (विद्रोही) अध्यक्षको प्रतिस्पर्धामा छन् । यस निर्वाचनबाट ४५ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।