२० असार २०८३, शनिबार

लुम्बिनी प्रदेश सभाको बैठक आज १ बजे बस्ने

लुम्बिनी प्रदेश सभाको बैठक आज १ बजे बस्ने

लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट शुरु हुनेभएको छ । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

बैठकमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा धारणा राख्ने र आगामी योजनाबारेमा छलफल र सुझाव दिने पुन मगरले बताए । प्रदेश राजधानी बुटवलबाट दाङमा सारेपछि केही विवाद र तिक्तता देखिए पनि स्थायी राजधानी दाङमै रहने यसअघिको प्रदेश सभाले निर्णय गरेकाले त्यसबारेमा थप वहस गर्न नहुने सांसदहरुको भनाइ छ । तर केही सांसदले राजधानी सारेको प्रति आपत्ति जनाउँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्