×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

प्रचण्डलाई भेटेपछि रविको घुर्कीपूर्ण अभिव्यक्ति, फोन आएपछि सम्हालिएर निर्णय

माघ २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पूरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण बैठकले थप दुई दिन अर्थात शनिबारसम्म पर्खिने निर्णय गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

 पार्टी प्रवक्ता मुकुल ढकालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीसमेतको आग्रहमा दुई दिन पर्खिने निर्णय भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दिनमा पनि आफूहरुको माग सम्बोधन नभए त्यसपछि बैठक बसेर आवश्यक निर्णय गर्ने उनको भनाइ छ । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटका क्रममा उनले आफूलाई गृहमन्त्री बनाउन पुनः दवाव दिएका थिए । गैरसांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले पटकपटक दबाब दिंदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविजी बिहीबार बिहान पनि बालुवाटार आउनुभएको थियो । यसअघि जस्तै उहाँको कुरा त्यही गृहको नै हो’, बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीबाट पहिले जस्तै अदालतको पूर्णपाठ आउन दिनुस् अनि एउटा टुंगोमा पुगौंल भन्ने जवाफ आएपछि उहाँ फर्किनुभएको थियो ।’ त्यसपछि उनले सामाजिक संजाललमा घुर्कीपूर्ण भाषामा अभिव्यक्ति दिएका थिए । 

Vianet communication
Laxmi Bank

‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्म (बिहीबार)का लागि मात्रै हो। म अभिमन्यु होइन’, लामिछानेले लेखेका थिए । 
उनको आशय सरकारबाट बाहिरिने भन्ने थियो भने सोहीअनुसार निर्णय गर्न पार्टीकै बैठक नै बोलाएका थिए । तर, प्रचण्ड र ओलीले फोन गरेपछि सोही पद पाइने आशाका साथ फेरि दुई दिन रोकिने निर्णय भएको एक नेताले बताए । 
००००
यता माओवादी केन्द्रले लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म रास्वपाले धैर्य गर्नुपर्ने जनाएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रास्वपाका अध्यक्ष लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म फेरि गृहमन्त्री हुनेबारे धैर्य गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको बताए  ।
००००
कांग्रेस नेता गुरु घिमिरेले छानबिन चलिरहेको भन्दै पदप्रतिको आशक्ति नदेखाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्।  सामाजिक सञ्जालमा घिमिरेले नागरिकताको विवादपछि सांसद र मन्त्री पद गुमाएका रविलाई स्वच्छ छवि बनाउन आग्रह गरेका हुन् ।
००००
एमाले अध्यक्ष केपी ओलीले बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग सरकार संकटमा नपर्ने बताएका छन् । गृहमन्त्रालयको विषयले सत्ता गठबन्धनमा नै खटपट आउने सक्नेतर्फ संचारकर्मीले सोधेको प्रश्नमा ओलीले सरकार संकटमा पर्छ जस्तो नलाग्ने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अप्ठ्यारो बुझिदिन आग्रह समेत गरे ।

रास्वपाले सरकार छाड्ने तयारी गरिरहेका बेला राजनीतिक सल्लाहकार गजुरेलले प्रधानमन्त्रीलाई सहज निर्णयको वातावरण बनाइदिन सो पार्टीसँग आग्रह गरेका हुन् ।
००००
क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ। नेपाल नामिबिया र स्कटल्याण्ड सम्मिलित ट्राइ सिरिजका लागि उनको नाम पनि बन्द प्रशिक्षणका लागि परेको हो। उनीहरू बिहीबारदेखि हुने बन्द प्रशिक्षणमा सहभागी हुनेछन्। 

क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गरेपछि उनलाई राष्ट्रिय टोलीमा बोलाइएको हो । यसैबीच सन्दीपलाई पुनः थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सो रिटमाथि शुक्रबारदेखि सुनुवाइ हुँदैछ ।
००००
अर्थ मन्त्रालयले सहसचिवहरुको कार्यविभाजन गरेको छ। मन्त्रालयले बिहीबार कार्यविभाजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जानकारी दिएको छ। 

जसअनुसार श्रीकृष्ण नेपाल आर्थिक सहायता समन्वय महाशाखामा प्रमुख भएका छन् भने धनीराम शर्मालाई बजेट तथा कार्यक्रम महाशाखामा राखिएको छ।
००००
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा बिहीबार दिउँसो यात्रुबाहक बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले बस जलाएका छन् ।
००००
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । 
गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग भेट गर्ने कार्यक्रम छ ।
००००
नेपाल प्रहरीका ५३ एसपी र ११६ जना डीएसपीको सरुवा भएको छ। माघ महिनाको तलबभत्ता सरुवा भएको दरबन्दी पाउनेगरी प्रहरी प्रधान कार्यालयले उनीहरूको सरुवा गरेको हो।  
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नालायक सरकारको संज्ञा दिएका छन् । डेढ वर्ष एउटा नालायक सरकार बन्दा अर्थतन्त्र ध्वस्त नै भएको ओलीले आरोप लगाएका छन्। 
विराटनगरमा भएको सीएनआई कोशी एक्स्पोको उद्घाटन गर्दै ओलीले प्रतिकूल समय आयो भन्दै उद्योगीले आत्महत्या गर्न नहुने बताएका छन् ।
००००
मिस नेपाल–२०२३ को आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना मिस नेपालको नयाँ संस्करणबारे जानकारी दिएको हो । 
सहभागी हुन इच्छुकले चैत १ गतेसम्म आवेदन दिन सक्ने आयोजक हिडन ट्रेजरले जानकारी दिएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारीले ९ किलो १३५ ग्राम काँचो सुनसहित एक यात्रुलाई विमानस्थलबाट नियन्त्रणमा लिएका छन् । दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ बाट नेपाल आएका यात्रुलाई बिहीबार राति विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट बोकेका ३५ वर्षीय मोहमद कमल महगौब हुन्। यिन्त्रणमा रहेका उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x