१२ साउन २०८३, मंगलबार

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई प्रहरीले आज शुक्रबार अदालतमा उपस्थित गराउने भएको छ । ट्र्याक्टरमा आगजनीको मुद्दामा १२ वर्ष अगाडि दोषी ठहर देखिएका प्रतिनिधिसभा सदस्य चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरी धनगढी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । 

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौं ल्याएर काठमाडौंबाट विमानमार्फत् नै धनगढी पुर्‍याइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराउने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

नागरिक उन्मुक्ति पार्टीले पक्राउको विरोध गरेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका हुन् । थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको सो दलले स्मरण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्