
शिवसताक्षी नगरपालिका –१ धरमपुरमा दुई वटा ट्रक एकापसमा ठोकिँदा आज शुक्रबार बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए ।
उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदैगरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदैगरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो । रासस