३० जेठ २०८३, शनिबार

चीन र दक्षिण अफ्रिकासँगको संयुक्त सैन्य अभ्यासमा रुसले खतरनाक क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने

माघ २०, २०७९
चीन र दक्षिण अफ्रिकासँगको संयुक्त सैन्य अभ्यासमा रुसले खतरनाक क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने

रुसले चीन र दक्षिण अफ्रिकासँग मिलेर हिन्द महासागरमा गर्न लागेको संयुक्त सैन्य अभ्यासमा खतरनाक हाइपरसोनिक जिर्कोन क्षेप्यास्त्र पनि प्रक्षेपण गर्ने भएको छ । 

ध्वनिको भन्दा नौ गुणा बढी गतिमा उड्न सक्षम जिर्कोन क्षेप्यास्त्र रुसी युद्धपोत एडमिरल गोर्शकोभबाट प्रहार गरिनेछ । 

संसारको सबभन्दा खतरनाक हतियारमध्येको एक यस क्षेप्यास्त्रलाई ३१० माइल परको तारोमा खस्ने गरी प्रहार गरिनेछ । 

तीन देशले फेब्रुअरी १७ देखि २७ सम्म दक्षिण अफ्रिकाको पूर्वी तटमा डर्बन र रिचार्ड्स बे शहर नजिक युद्धाभ्यास गर्दैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्