१० साउन २०८३, आइतबार

कांग्रेसले सत्ता खोजेर हिँड्नु पर्दैन, आफ्नै अगाडि सत्ता आउँछ- ज्ञानेन्द्रबहादुर कार्की

राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी
कांग्रेसले सत्ता खोजेर हिँड्नु पर्दैन, आफ्नै अगाडि सत्ता आउँछ- ज्ञानेन्द्रबहादुर कार्की

नेपाली कांग्रेसका नेता एवम् पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दाबी गरेका छन्। 

नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्विकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको तर्कसमेत गरे।

सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको बताए। 

त्यस कार्यले मुलुकलाई अघि बढाउन नसक्ने उनको भनाइ थियो। 

उनले भने, ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन । र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ ।  त्यो व्यक्तित्व नेपाली कांग्रेसभित्र नै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु । त्यही कारणले हामीले प्रतिनिधिसभाको बैठकमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै गर्दा हामीले विश्वासको मत दिएका हौं । म यहाँबाट भन्न चाहन्छु–नेपाली कांग्रेस पार्टी नेपालको राजनीतिको केन्द्रविन्दुमा छ । नेपाली कांग्रेस पार्टीले सत्ता खोजेर हिँडनु पर्दैन । नेपाली कांग्रेस पार्टीको अगाडि सत्ता आउनु पर्दछ, आउँछ ।’

कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए। कांग्रेसले सत्ता खोजेर नहिँडने तर त्यो आफैं आउने उनको बुझाइ थियो। 

salt training

कमेन्ट गर्नुहोस्