
पर्वतको कुश्मा नगरपालिका-५ स्थित बडागाउँ भीरमा अड्किएका एक जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
कुश्मा नगरपालिका-७ दुर्लुङचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही माघ १९ गते भीरमा खसेका थिए । सशस्त्रले आज (एक दिनपछि) सकुशल उद्धार गरेको हो।
यसबारे स्थानीयले सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधि अपनाई करिब १५ मिटर
तलबाट सशुकल उद्वार गरेको हो ।
उद्वारपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वततर्फ पठाइएको छ। उनको अवस्था सामान्य छ।