काठमाडौं, २४ मंसिर — मानव अंग प्रत्यारोपण केन्द्रले मुलुकमै पहिलो पटक कजलोको सफल प्रत्यारोपण गरेको छ । केन्द्रमा भक्तपुरका ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको हो । उनकी दिदी ४१ वर्षीया सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन् । कान्तिपुर दैनिकमा समाचार छ ।