०३ असार २०८३, बुधबार

भालुको आक्रमणबाट दम्पति घाइते

भालुको आक्रमणबाट दम्पति घाइते

पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ्ग रहेका छन् । 

जङ्गलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उनका श्रीमान बिबिलालसमेत घाइते भएको स्थानीय नारायण खडकाले जानकारी दिए । भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा गम्भीर चोट लागेको छ । घाइते दुवैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्