
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज शनिवार दिउँसो बस्दैछ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बिहीवार बसेको बैठक पर्याप्त छलफल नै नगरी स्थगित भएको थियो । माओवादी बैठकमा गृह मन्त्रालय सम्बन्धी विवाद, राष्ट्रपति निर्वाचन लगायत विषयमा छलफल हुनेछ ।