२२ जेठ २०८३, शुक्रबार

राप्रपाका १९ सांसदमात्रै संशोधन विधेयकको भोटिङमा, मालेपनि ‘वेपत्ता’

कात्तिक २०, २०७४
राप्रपाका १९ सांसदमात्रै संशोधन विधेयकको भोटिङमा, मालेपनि ‘वेपत्ता’
काठमाडौं, ५ भदौ— कमल थापा नेतृत्वको राप्रपाले संशोधन विधेयकको विपक्षमा भोट हाल्न तथा मतदान प्रक्रियामा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेपनि १९ सांसदमात्रै उपस्थित भएर विपक्षमा मतदान गरेका छन् । राणा पक्षमा लागेका भनिएका अरु १८ सांसद प्रक्रियामै सहभागि नभएको बताइएको छ । राप्रपाका कूल ३७ सांसद रहेका थिए ।sansad_1
राप्रपाका सहप्रबक्ता मोहन श्रेष्ठले   अनुपस्थित हुनेमाथि के गर्ने भन्नेबारे छलफल गर्न भोलि बिहान पार्टीको बैठक बोलाइएको बताए  | पार्टीका १९ सांसद संसद बैठकमा सहभागि भएर संशोधनको विपक्षमा भोट हालेको उनले बताए ।
राप्रपा नेताहरुका अनुसार ह्वीप नमान्ने सांसदलाई मंगलबारको बैठकबाट निष्काशनसम्मको कारबाही गर्ने तयारी गरिएको छ ।
राप्रपाको आजै बिहान सम्पन्न संसदीय दलको बैठकले संशोधनको विपक्षमा मत हाल्न सांसदहरुलाई ह्वीप जारी गरेको थियो भने हेटौडामा आइतबार सम्पन्न बैठकले पनि सोहि निर्णय गरेको थियो ।
राप्रपाका क-कसले विपक्षमा मतदान गरे ?
कमल थापा
जयन्त चन्द
दिलनाथ गिरी
विक्रम बहादुर थापा
गंगाप्रसाद यादव
कुन्ती कुमारी शाही
भाष्कर भद्रा
दिनेश श्रेष्ठ
सुशील श्रेष्ठ
परशुराम तामाङ
राजेश्वरी देवी
लिला श्रेष्ठ
भक्त बहादुर खपाङ्गी
श्यामसुन्दर टिवडेवाल
राजकुमार अग्रवाल
राम दुलारी चौधरी
श्री कान्ति पासी
गणेश थापा
कान्ता भट्टराई

माले ‘वेपत्ता’
संशोधन विधेयकको विरोध गर्दै आएको सीपी मैनाली नेतृत्वको माले पनि भोटिङ प्रक्रियामा सहभागि नभएको बताइएको छ । संसदमा मालेका ५  सांसद रहेका छन् ।
संशोधनको पक्षमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरमलगायतले मत दिएका थिए भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले विपक्षमा मत दिएका थिए ।
संसदमा रहेका कूल ५९२ सांसद मध्ये भोटिङ हुँदा संशोधनको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो । संशोधन पास हुनको लागि ३९५ मत आवश्यक पर्ने भएकाले विधेयक फेल हुन पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्