२२ जेठ २०८३, शुक्रबार

मध्यरातमा ब्युँझेपछि सुत्न गाह्रो भएमा कहिल्यै नगर्नुस् यी दुई चीज

कात्तिक २०, २०७४
मध्यरातमा ब्युँझेपछि सुत्न गाह्रो भएमा कहिल्यै नगर्नुस् यी दुई चीज
काठमाडौं– मध्यरातमा निद्राबाट ब्युँझेपछि फेरि सुत्न निकै समस्या हुने गर्छ । 
यसरी सुत्न नसक्दा भोलिको दिनभरी तनाव हुने गर्छ । 

उठेपछि कसैको घडी हेर्ने र पानी खाने बानी हुन्छ । निद्रा विशेषज्ञका अनुसार यी दुई चीज मध्यराती उठ्ने बेला कहिलेपनि गर्नुहुँदैन ।

राति उठेर घडी हेर्ने बानी नगर्नुस्
राति पूरै समय सुत्न नसक्नु धेरै युवाहरुको समस्या हुने गर्छ । यस्तो समस्याबाट डराउनु नपर्ने डाक्टर माइकल ब्रेस बताउँछन् । राती उठ्दा घडी हेर्ने बानीका कारण धेरैजनाको निद्रामा समस्या हुने उनले बताए । 

यदि तपाइँलाई विहानै उठ्नु छ भने घडीमा अलाम राख्नुसक्नु हुन्छ तर राती उठेर घडी हेर्ने बानी गर्नुहुँदैन यसले निदाउन समस्या हुन्छ । 

अनावश्यक शौचालय नजानुस्
निद्राबाट उठ्ने बितिकै अस्थीर हुँदै शौचालय जान खोज्दा वा पानी पिउँदा शरीरमा रक्तसञ्चार छिटोछिटो हुने गर्छ । बेडमा सुतिरहेकै अवस्थामा शरीरमा रक्तसञ्चार सामान्य हुने गर्छ ।

मध्यराती उठेर यसो गर्दा फेरि निदाउन समस्या हुनसक्छ । राती उठीसकेपछि कोहीको शौचालय जाने बानी हुनसक्छ । अत्यावश्यक अवस्थामा बाहेक मध्यराती उठेर शौचालय जाने बानीले गर्दा निदाउन समस्या हुन्छ । 

त्यसैले ब्युँझेपनि शरीरलाई स्थीर बनाएर सुतिराख्नु नै उपयुक्त हुने गर्छ । शरीरलाई सकेसम्म आराम अवस्थामा राख्न सक्नु नै निदाउने राम्रो उपाय हो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्