काठमाडौं, ६ भदौ— नेपाल पत्रकार महासंघको अध्यक्षमा पत्रकार गोविन्द आचार्य प्यानलसहित विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न महासंघको नयाँ नेतृत्वका लागि भएको मतपरिणामअनुसार निकटतम प्रतिस्पर्धी तीर्थ कोइरालालाई हराउँदै आचार्य अध्यक्षमा विजयी भएका हुन् ।
प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघको संयुक्त प्यानलबाट चुनाव लडेका आचार्यले ७३२ मत प्राप्त गरे भने प्रेस चौतारीसहितका संयुक्त प्यानलबाट चुनाव लडेका कोइरालाले ६२७ मत प्राप्त गरे ।
यस्तै अध्यक्षका अरु प्रतिस्पर्धी इन्द्र राउतले २०, उजीर मगरले ५४ र भावना विद्रोहीले ६ मत प्राप्त गरे
उपाध्यक्षमा विपुल पोखरेल ७९६ मतका साथ विजयी भएका छन् भने महासचिवमा रमेश विष्ट विजयी बनेका छन् ।
सोमबार भएको मतदानमा एक हजार ५०८ मतदातामध्ये कूल एक हजार ४४९ मत खसेको थियो । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।
कसले कति मत ल्याए सूचि हेर्नुहोस्ः
.jpg?1503365151175)
.jpg?1503365162937)