२० असार २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले लिए प्रमुख सचेतकहरुसँग परामर्श

प्रधानमन्त्री प्रचण्डले लिए प्रमुख सचेतकहरुसँग परामर्श

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, कानुनमन्त्री तथा कानुन सचिवसँगको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदमा प्रस्तुत गरिने विभिन्न विधेयकबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । 

बैठकमा दलको तर्फबाट प्रमुख सचेतकहरुले आवश्यक सुझाव र सल्लाह दिइरहनुभएको प्रेस संयोजक शर्माको भनाइछ । सरकारको कामकाजलाई प्रभावकारी बनाउनेगरी संसदमा विधेयकहरु पेश हुनुपर्ने र त्यसलाई पारित गरी तत्काल कार्यान्वयनमा लग्ने प्रक्रियाबारेमा समेत प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका छन् । 

संसद बैठकमा प्रतिनिधित्व गर्ने दलको प्रमुख सचेतकहरुले धारणा राख्नेक्रम जारी रहेकाले केहीबेरसम्म बैठक जारी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्