०६ असार २०८३, शनिबार

ट्रकमा कार ठोक्किएर एकको मृत्यु

ट्रकमा कार ठोक्किएर एकको मृत्यु

रूपन्देहीको भैरहवामा गए राति भएको सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ । बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा तनहुँको भिमाद नगरपालिका ५ बस्ने २१ वर्षीय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

त्यसैगरी पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका १ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडकखण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राति साढे ३ बजतिर एकापसमा ठोकिक्एको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्