३० जेठ २०८३, शनिबार
लापरवाहीले दुर्घटना

सहचालकले चलाएको बससहित ३ गाडी आपसमा ठोक्किए, एकको मृत्यु २ जना गम्भीर घाइते

माघ २३, २०७९
सहचालकले चलाएको बससहित ३ गाडी आपसमा ठोक्किए, एकको मृत्यु २ जना गम्भीर घाइते

रुपन्देहीको भैरहवामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डमा आइतवार राति भएको सवारी दुर्घटनामा परेर तनहुँको भिमाद नगरपालिका– ५ का २१ वर्षीय हरिश तिवारीको निधन भएको हो ।

त्यसैगरी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– १ बस्ने ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा डीएसपी श्यामु अर्यालले बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जानकारी दिए ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार ठोक्किएका हुन् ।

उक्त समयमा बस हेल्पर हरिश तिवारीले चलाएको पाइएको प्रहरीले जनाएको छ । बसमा चालक भने बासु घिमिरे थिए ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्