२२ जेठ २०८३, शुक्रबार

वृज सिमेन्ट सिभिल इन्जिनीयरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनीयरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनीयरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।

‘दीगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनीयरिङ क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट ३ दिने प्रदर्शनी शुरू भएको थियो । 

प्रतियोगितामा फोटोग्राफी, क्विज, टे«जर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलम्पियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रदर्शनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन, नेपाल इन्जिनीयर्स एशोसिएशनका सदस्य लगायत प्राध्यापक, इन्जिनीयर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो । प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले वृज सिमेन्ट ट्रफी प्रदान गरेका थिए । 

सिभिल इन्जिनीयर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनीयरिङ प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्षदेखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।

वृज सिमेन्ट इन्डस्ट्रिज प्रालि केडिया अर्गनाईजेसन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी), ४३ ग्रेडसाधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पीएससी) सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दैै आइरहेको छ । 

‘कम्पनीको गुणस्तरीय उत्पादन र सहज आपूर्तिको व्यवस्थापनका कारण नै देशको अधिकाशं स्थानमा वृज सिमेन्टको माग भइरहको छ । नेपाल सिभिल इन्जिनीयरिङ अन्र्तगत निर्माण क्षेत्रमा वृज सिमेन्टले गुणस्तरीय सिमेन्टको छवि बनाएको छ । त्यसैअनुसार देशभरका आम नेपाली उपभोक्ताबीच यो सिमेन्ट परिचित भएको छ र बिक्री वितरण हुँदै आएको छ,’ कम्पनीले भनेको छ ।

वृज सिमेन्ट कम्पनीले नेपालको प्राविधिक तथा सामाजिक क्षेत्रमा समेत संस्थागत उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत महत्त्वपूर्ण सहयोग गरी राष्ट्र निर्माणमा योगदान गर्दै आएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्