३२ असार २०८३, बिहीबार

युक्रेनमा रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई हटाउने तयारी

माघ २३, २०७९
युक्रेनमा रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई हटाउने तयारी

रुससँगको युद्ध चलिरहँदा भ्रष्टाचारको समस्या पनि भोगिरहेको युक्रेनले रक्षामनत्री ओलेक्सी रेज्निकोभलाई पदबाट हटाउने निर्णय लिएको छ । 

उनको स्थानमा सेनाको गुप्तचर निकायका प्रमुख किरिलो बुदानोभलाई ल्याउन लागिएको छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको सर्भेन्ट अफ द पिपुल पार्टीका प्रमुख डेभिड अर्खामियाले टेलिग्राम च्यानलमार्फत रेज्निकोभलाई पदबाट हटाइएको जानकारी दिए । युद्धको बेलामा सैन्य अनुभव भएको मानिसलाई गृह मन्त्रालय दिनु ठीक हुने उनले बताए । 

रेज्निकोभ युद्ध शुरू हुुनुभन्दा तीन महिनाअघि रक्षामन्त्री बनेका थिए । अब उनलाई कुनै अर्को मन्त्रालयको जिम्मेवारी दिइनेछ । तर उनले अर्को कुनै मन्त्रालय स्वीकार नगर्ने बताएका छन् ।

जनवरी २४ मा युक्रेनका रक्षा उपमन्त्री याचेस्लाभ शोपोवालोभले भ्रष्टाचार काण्डमा मुछिएपछि राजीनामा दिएका थिए । त्यही भ्रष्टाचार प्रकरणका कारण रेज्निकोभलाई पनि पदबाट हटाइएको बताइँदैछ । 

युद्धका क्रममा रक्षा मन्त्रालयमा भएको भ्रष्टाचारबाट संसारभरि युक्रेनको छवि धमिलिएकाले रेज्निकोभलाई हटाइएको कतिपय टिप्पणीकारहरू बताउँछन् । 

रक्षा मन्त्रालयले बजारमा चलेको भन्दा निकै बढी दाममा सैनिकहरूका लागि खानेकुरा किनेर भ्रष्टाचार गरेको आरोप छ । 
 

salt training

कमेन्ट गर्नुहोस्