०६ असार २०८३, शनिबार

‘जय हो’मा अभिनय गर्दै केकी अधिकारी

‘जय हो’मा अभिनय गर्दै केकी अधिकारी

शोभित बस्नेतको चलचित्र ‘जय हो’को नायिकाका रुपमा केकी अधिकारी अनुबन्धित भएकी छिन् ।

प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच​ लिखित सम्झौता भएको छ । 

टेक पौरखी राईको निर्देशन रहने चलचित्रका लागि केकीसँगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ छनोट भइसकेका छन् । 

आगामी फागुन २५ गतेदेखि छायांकनमा जाने चलचित्र पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जनाएको छ । 

सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा राज के अधिकारी र सुरज सरकार निर्माताका रुपमा रहेका छन् ।

एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रलाई सौरभ लामाले छायाँकन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्