२१ जेठ २०८३, बिहीबार

स्वास्थ्य उपचारमा कलाकारलाई छुट दिइने

स्वास्थ्य उपचारमा कलाकारलाई छुट दिइने

कलाकारहरूको स्वास्थ्य उपचारमा काठमाडौं क्यान्सर सेन्टर, ताथलीले छुट दिने भएको छ। विश्व क्यान्सर दिवसका अवसरमा सेन्टर र कलाकार संघ तथा चलचित्र विकास बोर्डबीच सम्झौता भएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र पत्रकार प्रकाश सुवेदी र अन्य कलाकारहरुको सहभागितामा क्यान्सर सेन्टर र कलाकार संघबीच कलाकारहरुलाई उपचारमा छुट गर्ने सम्झौता भएको हो।

सेन्टरका अध्यक्ष डा. अन्जनीकुमार झाले कलाकारहरु राष्ट्रका गहना भएको र कुनै पनि कलाकार उपचारबाट वञ्चित हुन नहुने भन्दै आफूहरुले कलाकारलाई विशेष छुटमा उपचार गराउने प्रतिबद्धता जनाए। सो अवसरमा कलाकारहरुको निस्शुल्क स्वास्थ्य जाँच गरिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्