२१ जेठ २०८३, बिहीबार

रुखबाट लडेर दुईको मृत्यु

रुखबाट लडेर दुईको मृत्यु

घाँस काट्नेक्रममा रुखबाट लडेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बझाङको खप्तडछान्ना गाउँपालिका–१ कौवागडी बस्ने ५४ वर्षीया धनलक्ष्मी देवीको रूखबाट लडेर सोमबार मृत्यु भएको छ । आफनै घर नजिक भिमलको रुखमा घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै, पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ तिल्केनी टोल घर भई फिदिम नगरपालिका–५ चोक्मागु बस्ने रामकुमार तुम्बापोको घरमा बस्दैआएका ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फेको रूखबाट लडेर सोमबार मृत्यु भएको छ । चोक्मागुस्थित पिपलको रूखको हाँगा काट्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्