२६ असार २०८३, शुक्रबार

काठमाडौंमा वर्डफ्लु भेटियो, कुखुरा र अण्डा नष्ट

काठमाडौंमा वर्डफ्लु भेटियो, कुखुरा र अण्डा नष्ट

काठमाडौंमा वर्डफ्लु पुष्टि भएपछि तीन वटा फर्मका कुखुरा र अण्डा नष्ट गरिएको छ । पशु विभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । यसअघि ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा बर्डफ्लू पुष्टि भएको थियो  ।

पशु विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीन वटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरणमा ध्यान दिइएको छ । लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको उनले बताए । रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको उनको भनाइ छ । यसैगरी तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्