२६ जेठ २०८३, मंगलबार
राष्ट्रपति कांग्रेसले नै जित्ने दाबी

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिन्छ, अन्य दलको समर्थन लिएर जिताउँछौं– शेखर कोइराला

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिन्छ, अन्य दलको समर्थन लिएर जिताउँछौं– शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र आफूहरुको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

कांग्रेसले अगाडि सारेको उम्मेदवारले जित्नेमा कुनै दुई मत नभएको उनको दाबी थियो ।

प्रेस युनियनको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले अन्य दलसँग सहकार्य गरेर राष्ट्रपतिको उम्मेदवारलाई जिताउने बताएका हुन् ।

‘तपाईंहरूलाई लागेको होला २५ फागुनमा के हुन्छ ? राष्ट्रपतिको निर्वाचन नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । उम्मेदवारी जिताउने लिन्छौँ । जित्ने कुरामा दुई मत छैन’, कोइरालाले भने, ‘अन्य दलसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखेको छु, अहिले राष्ट्रपति निर्वाचन सन्दर्भमा जुन कुरा आइराखेको छ । त्यो विषयलाई लिएर सत्तामा रहेका केही दलले कांग्रेसले भाँजो हाल्न खोजेको भनेका छन् । हामी संसदको ठूलो पार्टी हो नि ।’

कोइरालाले राष्ट्रपतिमा उम्मेदवारी दिए पनि सरकारमा सहभागी नहुने बताए ।

‘हामी संसदको सबभन्दा ठूलो पार्टी हो, प्रतिपक्षको भूमिका खेल्छौँ, सरकारमा जाँदैनौ । सँगसँगै हामी गभरमेन्ट इन वेटिङ पनि हौं, यो कुरा सत्ता गठबन्धनका केही नेताहरूले बुझ पचाइरहेका छन्’, उनले भने ।

कोइरालाले न्यायपालिका सम्बन्धमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

salt training

कमेन्ट गर्नुहोस्