१३ असार २०८३, शनिबार

अमेरिकामाथि आणविक आक्रमणको तयारीमा चीनले पठाएको थियो बलून ?

माघ २४, २०७९
अमेरिकामाथि आणविक आक्रमणको तयारीमा चीनले पठाएको थियो बलून ?

चीनले आफ्नो मुख्यभूमिबाट १२ हजार किलोमिटर टाढा जमीनबाट २४ किलोमिटर माथि अमेरिकी आकाशमा बलून किन पठाएको हो ? 

यस विषयमा अहिले व्यापक बहस चलिरहेको छ । चीनले मौसमसम्बन्धी जानकारी संकलन गर्नका लागि बलून पठाएको बताइरहेको छ । 

तर अमेरिकाका रक्षाविद्हरू मौसमसम्बन्धी जानकारी बटुल्ने वा जासूसी गर्ने यस बलूनको उद्देश्य नभएको बताउँछन् । आणविक आक्रमणका लागि नयाँ तरिका खोज्ने प्रयासका रूपमा यसलाई अर्थ्याइएको छ । 

अमेरिकाका रक्षाविद् एचआई सटकले यस्तै एउटा बलून जनवरी २०२२ मा भारतको आकाशमा पनि उडाइएको जानकारी दिएका छन् । 

एकथरी टिप्पणीकारहरू चाहिँ यो बलूनमा आफैं विस्फोट हुने बमहरू जडान गरिएको पनि बताइरहेका छन् । 

चीनको यो बलूनलाई पहिलोपटक जनवरी २८ मा अमेरिकी हवाईक्षेत्रमा पसेको देखिएको थियो । फेब्रुअरी ३ मा यो मोन्टाना राज्यमा पुगेपछि चाहिँ हल्लीखल्ली मच्चिन थालेको थियो । 

शनिवार यस बलूनलाई राष्ट्रपति जो बाइडनको आदेशमा अमेरिकी सेनाको लडाकू विमानले क्षेप्यास्त्र प्रहार गरेर खसाएको थियो । 

चीनले यो बलूनमा आणविक हतियार बोकेको हुन सक्ने अमेरिकी रक्षाविद्हरू दाबी गर्छन् । 

अमेरिकन लीडरशिप यान्ड पोलिसी फाउन्डेसनले सन् २०१५ मा तयार पारेको रिपोर्टमा शत्रु देशद्वारा पठाइएका बलूनहरूले अमेरिकामा आणविक हतियार खसाउन सक्ने चेतावनी दिइएको थियो । यिनले विद्युतीय ग्रिडमा पनि हस्तक्षेप गर्ने आशंका गरिएको थियो । 

उक्त रिपोर्टका लेखक वायुसेनाका मेजर डेभिड स्टकनबर्गले यस्ता किसिमका बलूनहरू केही महिनाभित्रै तयार पार्न सकिने लेखेका थिए । सयौं किलो हतियारलाई यति माथि लगेपछि त्यसलाई कुनै पनि रेडारले पत्ता लगाउन सक्दैन । 

स्टकनबर्गले चिनियाँ बलूनका बारेमा टिप्पणी गर्दै यो एक प्रकारको ड्राई रन भएको र अमेरिकालाई रणनीतिक सन्देश दिनका लागि यो पठाइएको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्