०४ असार २०८३, बिहीबार

पूर्वसांसद घलेको निधन

पूर्वसांसद घलेको निधन

कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ ।

प्रोस्टेट क्यान्सरको समस्या रहेका घलेको मंगलबार शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रोस्टेटको क्यान्सरपछि उनको लामो समय भारतमा उपचार भएको थियो ।

केही समय अघिदेखि नेपाल फर्किएर उनले उपचार गराए पनि मंगलबार निधन भएको हो ।

घले २०७४ सालमा कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक सांसद भएका थिए ।

मनाङका घले व्यवसायीसमेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्