
रक्षा मन्त्री हरिप्रसाद उप्रेती फागुन १ गतेदेखि भारत भ्रमणमा जाने भएका छन् ।
सुरक्षासम्बन्धी नियमित बैठकमा सहभागी हुन उप्रेती भारत जान लागेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको भारत भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘खास एजेण्डा छैनन् । नियमित भ्रमणजस्तो हुँदो रहेछ, त्यसैमा जान सहमति दिइएको हो’, मन्त्री शर्माले भनिन् ।
रक्षा मन्त्रीले फागुन १ देखि ५ गतेसम्म भारतको भ्रमण गर्नेछन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि उप्रेती भारत भ्रमणमा जाने पहिलो मन्त्री हुन् ।