
शेयर बजारमा उछाल आएको छ ।
मंगलबार शेयर बजारको मापक सूचक नेप्से परिसूचक ७६.६४ अंकले बढेको छ ।
बजार एकै दिन ३.६५ प्रतिशतले बढेर २१ सय ७७.३४ विन्दुमा पुगेको छ ।
मंगलबार शेयर बजार बढेसँगै बरुण हाइड्रोपावर, खानीखोला हाइड्रो, राधी विद्युत्, र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
एकै दिन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा अरू ५ कम्पनीको शेयर मूल्यसमेत ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
बजार बढेको दिन ८ वटा कम्पनीको ऋणपत्रको शेयर मूल्य भने ५ प्रतिशतसम्मले घटेको छ ।
आज सबैभन्दा बढी शेयर आईसी एफसी फाइनान्सको ऋणपत्रको घटेको छ ।
आज नेप्सेमा सूचीकृत कुल २६० कम्पनीको ९३ लाख ३३ हजार कित्ता शेयरको ५९ हजार ९ सय पटक कारोबार भएको छ ।
यसबाट कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ ।