०५ असार २०८३, शुक्रबार

२० वर्षीया युवतीले आफ्नै साथीको नाममा यस्तो हर्कत गरेपछि...

२० वर्षीया युवतीले आफ्नै साथीको नाममा यस्तो हर्कत गरेपछि...

एक युवतीले आफ्नै साथीको नाममा  फेक आइडी खोलेर अवैध आर्थिक कारोबार गर्ने गरेको खुलेको छ । फेसबुक, इस्टाग्रामजस्ता सामाजिक संजाहरुको दुरुपयोग गरी अष्ट्रेलियामा रहेकी केटी साथीको नाममा फेक अकाउन्ट खोलेर गलत कार्य गरेको आरोपमा प्रहरीले सुनसरीको रामधुनी गाँउपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठ पक्राउ गरेपछि यस्तो रहस्य खुलेको छ । 

उनले साथीको फोटो, स्टाटस समेत अपलोड गरेर केटा साथीहरुलाई म्यासेन्जर मार्फत बिभिन्न बहाना बनाई रकम माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा साइबर ब्युरोमा उजुरी परेपछि श्रेष्ठ पक्राउ गरेकी हुन् । उनले आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाउँदै रकम लिएर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

मंगलबार पक्राउ परेकी उनीविरुद्ध विद्युतीय कारोवार कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्