२१ जेठ २०८३, बिहीबार

‘विश्व च्याम्पियनसिप’ मा तीन नेपाली खेलाडीले राखे रेकर्ड

‘विश्व च्याम्पियनसिप’ मा तीन नेपाली खेलाडीले राखे रेकर्ड

डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्व रेकर्ड राख्न सफल भएका छन् । मोइ थाईको  ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपालीमा गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ३१ केजी, तामाङ ५३ केजी, र राठोर ६३ केजीको खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले द्वितीय स्थान हासिल गर्दै रजत पुरस्कार प्राप्त गर्न सफल  भएको सचिव दिपक तामाङले बताए । थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजरका रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरुसँगै थाईल्याण्ड पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्