०६ असार २०८३, शनिबार

आजको मौसम : तराईमा हुस्सु कुहिरो जारी रहने

आजको मौसम : तराईमा हुस्सु कुहिरो जारी रहने

देशका पहाडी भूभागमा आंशिक बदली रहने र तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने हुनाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । केही दिन अझ चिसो कायम रहनेछ ।

देशभरी पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेकाले आज प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको भनाइ छ । उच्च पहाडी भूभागको एक दुई स्थानमा हल्का हिमपात हुने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

त्यस्तै, भोलि २६ गते बिहीबार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रहने  । सो प्रदेशका उच्च पहाडी भूभागमा सामान्य हिमपात हुने विभागले जनाएको छ । 

सोहीअनुसार, माघ २७ गते शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली कायम रहने छ । सो दिन प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ ।  उच्च पहाडी भूभागमा हल्का हिमपात हुने, पहाडी भूभागमा मौसममा आंशिक बदली हुने र तराईमा हुस्सु लाग्नेक्रम जारी रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्