२५ जेठ २०८३, सोमबार

प्रतिवन्धित लागूऔषधसहित दुई पक्राउ

प्रतिवन्धित लागूऔषधसहित दुई पक्राउ

बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका–१५ चन्नुवा बस्ने २७ वर्षीय करन थारु र सोही ठाउँ बस्ने २५ वर्षीय विनोद थारु रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले भारतबाट साईकलमा नेपालतर्फ आउँदैगरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्