३० जेठ २०८३, शनिबार

यस्ता रोगलाई हटाउन वरदान हो तेजपात

कात्तिक १९, २०८०
यस्ता रोगलाई हटाउन वरदान हो तेजपात

हाम्रो भान्सामा उपयोग गरिने तेजपातले स्वाद बढाउनुका साथै स्वास्थ्यलाई पनि राम्रो गर्छ ।

आयुर्वेदले त यसलाई औषधि नै मानेको छ । यसमा भिटामिन सी, ए, बी, ई, आइरन, क्याल्सियम, पोटेसियम लगायतका एन्टीअक्सिडेन्ट तत्त्वहरू भेटिन्छन् ।

जाडो महिनामा तेजपातको चिया पिउँदा अनेकौं रोगबाट मुक्ति पाइन्छ । 

तौल घटाउन

तपाईंलाई तौल घटाउनुछ भने तेजपातको चिया पिउन सक्नुहुन्छ । यसले तपाईंको शरीरको मेटाबोलिजम स्तर बढाएर शरीरबाट अतिरिक्त बोसो डढाउन सहायता गर्छ । 

मुटु जोगाउन

तेजपातमा भएको पोषक तत्त्वले तपाईंलाई रक्तचाप नियन्त्रणमा लिन सहयोग गर्छ । रक्तचाप नियन्त्रित रहेमा मुटुरोग लाग्न पाउँदैन । 

मधुमेह रोगीलाई लाभदायक

तेजपातको चिया पिउँदा शरीरमा इन्सुलिनको स्तर बढ्छ । यसले रगतमा ग्लुकोजको मात्रा घटाइदिन्छ र मधुमेहलाई नियन्त्रणमा राख्छ । 

संक्रमणबाट बचाउन

तेजपातमा भएको एन्टीफंगल गुणले शरीरमा कुनै पनि किसिमको संक्रमण हुन दिँदैन । यसमा भएको क्यान्डिडा एल्बीक्यान्सले जस्तोसुकै संक्रमणसँग लड्नका लागि शरीरलाई सहायता गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्