
डिलासैनी गाउँपालिका–१ नानरा भुगाडी बस्ने ७७ वर्षीय शालीभान धामीको रूखबाट लडेर मृत्यु भएको छ । घरदेखि करिब २० मिटर टाढा बारीमा कोईरालाको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर मंगलबार उनको मृत्यु भएको हो ।
रुखबाट लडेर गम्भीर घाइते भएका उनको केही बेरमा मृत्युभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।