२२ असार २०८३, सोमबार

ठाडो भाकाको लोकगीत ‘दरमखोला’ सार्वजनिक

ठाडो भाकाको लोकगीत ‘दरमखोला’ सार्वजनिक

मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रवार सार्वजनिक भएको छ ।

गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको गीत ‘वसन्त थापा’ यूट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो । 

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले यूट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् ।

संगीत रचना गायक थापा आफैंले गरेका हुन् ।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो । 

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । संगीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्