०२ असार २०८३, मंगलबार

अख्तियारले आज ३२ औं स्थापना दिवस मनाउँदै

अख्तियारले आज ३२ औं स्थापना दिवस मनाउँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औँ स्थापना दिवस आज मनाउँदैछ ।  ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी भएको अख्तियारले जनाएको छ । 

दिवसका अवसरमा अख्तियारले देशभरका कार्यालयमा विभिन्न कार्यक्रम गर्दैछ। आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालय सञ्चालनमा छन्। अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो।

नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ। भ्रष्टाचार नियन्त्रण गरी सुशासनमा योगदान दिन आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ एवं अन्य प्रचलित कानुनी व्यवस्थामा आधारित कार्यसम्पादन गरिरहेको छ। पछिल्लो समय आयोग सक्रिए रही भ्रष्टाचार न्यूनीकरणमा अभियान चलाउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्