
देशका विभिन्न जिल्लाबाट शुक्रबार तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ डेरागरी बस्ने मकवानपुर घर भएका २२ वर्षीय सुरेश लामा सोही ठाउँस्थित सडक छेउमा विद्युतको पोल गाड्न खनिएको खल्डोभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै, दोलखाको कालिन्चोक गाउँपालिका –६ तल्लोटोल बस्ने ५१ वर्षीय लिलाबहादुर सुनुवार सोही ठाउँस्थित ठूलो खोला ओखलढुंगे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसैबीच बाँकेको डुडुवा गाउँपालिका –२ अमृतपुरुवा बस्ने जिवनकुमार कुर्मीको घरमा विगत २ वर्षदेखि बस्दैआएका पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।