२८ असार २०८३, आइतबार

टर्की भूकम्पमा चामत्कारिक उद्धार : ५ दिनपछि जिउँदै निकालिए २ बालक

माघ २८, २०७९
टर्की भूकम्पमा चामत्कारिक उद्धार : ५ दिनपछि जिउँदै निकालिए २ बालक

टर्कीमा आएको भूकम्पका कारण देशभर शोक छाएको छ । यस्तै बेला एउटा सुखद खबर आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पको ५ दिनपछि २ बालबालिकालाई जिउँदै उद्धार गरेर निकालिएको छ ।

भूकम्पले भत्किएको मल्टीस्टोर बिल्डिङभित्र फसेका २ बालकलाई जिउँदै निकालेर उद्धार टोलीले चमत्कार गरेको छ । टर्कीमा राहत र उद्धार अभियान जारी छ ।

भूकम्पमा हजारौं व्यक्ति अझै बेपत्ता छन् । विस्थापित परिवारलाई राख्न फूटबल रंगशालालाई टेन्ट सिटीमा परिणत गरिएको छ ।

भूकम्पमा हालसम्म २४ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । खोज, उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्