
लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले शनिबार राजीनामा दिएकी छन ।
विनाविभागीय मन्त्री केसीले राजीनामा दिएको बताइए पनि उनको राजीनामा मुख्यमन्त्री कार्यालयमा पुगेको छैन ।
माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहेकी केसी नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा मन्त्री थिइन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएको लोकान्तरलाई बताए।
‘उहाँले राजीनामा दिएको कुरा आएको छ’, बरालले भने, ‘आन्तरिक कारणले राजीनामा दिएको भन्ने कुरा पार्टीमा आयो । बाँकी छलफलमा क्रममै छौं ।’
मुख्यन्त्रीका प्रमुख स्वकीय सचिव अमृत गिरीले मन्त्री केसीले राजीनामा दिएको भन्ने कुरा सुन्नमा आए पनि राजीनामा मुख्यमन्त्रीसमक्ष अझै नआएको बताए ।
केसी बाँकेबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारीमा छन् ।