१६ असार २०८३, मंगलबार

अजय देवगनको फिल्म 'मैदान'को रिलिज किन धकेलिरहेको छ ?

अजय देवगनको फिल्म 'मैदान'को रिलिज किन धकेलिरहेको छ ?

'दृश्यम २' हिट भएपछि अजय देवगन अब आफ्ना दुई फिल्म 'भोला' र 'मैदान'को रिलिजको तयारीमा छन् ।

अजय देवगन र तब्बु स्टारर 'भोला' मार्च ३० मा रिलिज हुने तयारीमा रहेको छ भने यसअघि मे १२ मा रिलिज हुने भनिएको 'मैदान'को रिलिज मिति फेरि स्थगित गरिएको छ।

अमित शर्मा निर्देशित खेलकुद ड्रामा 'मैदान' बहुप्रतीक्षित फिल्म हो।

यसलाई बक्स अफिसमा लामो समय कायम राख्न यसको प्रदर्शन मिति धकेलिएको निर्माण पक्षले बताएको छ।

यसअघि 'मैदान' मे १२ रिलिज गर्ने तयारी गरिएको थियो। बक्स अफिसको हिसाबले ठीक नभएकाले अब निर्माताले नयाँ मिति तय गरेका छन् । 'मैदान' अब २३ जुन २०२३ मा रिलिज हुने बताइएको छ।

प्रदर्शनका लागि सही समय वा मिति नपाएका कारण बारम्बार फिल्म रिलिजको मिति सारिएको जनाइएको छ।

फिल्ममा देवगनका अलावा ६० वटा भन्दा बढी दक्षिण भारतीय फिल्ममा काम गरेकी प्रियामनी, गरिजा राओ तथा रुद्रनी घोषको मुख्य अभिनय रहेको छ।

फिल्ममा एआर रहमानको संगीत छ।

salt training

कमेन्ट गर्नुहोस्