
नेपाल लोकतान्त्रिक थारु सङ्घको उपत्यका कमिटी गठन भएको छ । शनिबार ललितपुरमा भएको संघको दोस्रो उपत्यका सम्मेलनले कमिटीको अध्यक्षमा सीयाराम चौधरी (सिराहा) लाई सर्वसम्मत चयन गरेको हो ।
३५ सदस्यीय उपत्यका कमिटीको उपाध्यक्षमा गीता चौधरी (कैलाली), सचिवमा रामस्वागत चौधरी (सप्तरी), सहसचिवमा उमेश चौधरी (सप्तरी) र कोषाध्यक्षमा लुमा चौधरी (बाँके) सर्वसम्मत चयन भए ।
त्यसैगरी, सदस्यहरुमा सपना चौधरी (उदयपुर), दीपा चौधरी (कैलाली), सपना चौधरी (कैलाली), पूजा चौधरी (उदयपुर), अनिता चौधरी (उदयपुर), सनराज चौधरी (सुनसरी), रामनारायण चौधरी (सुनसरी), राजकुमार चौधरी (सिराहा) छन् ।
त्यस्तै, सदस्यमा सुवासकुमार चौधरी (सिराहा), सुजित चौधरी (रौतहट), पवन चौधरी (रौतहट), सुनु चौधरी (पर्सा), सुनीता चौधरी (पर्सा), मोतीलाल चौधरी (दाङ), उर्मिला चौधरी (दाङ), सुशीला चौधरी (दाङ), नन्दुराज चौधरी (दाङ), अनु चौधरी (बाँके), मञ्जु चौधरी (बाँके), अन्जु चौधरी (बाँके), आरती चौधरी (वर्दिया), शान्ति चौधरी (बर्दिया), कमल राना (कैलाली), अङ्कित राना (कैलाली), शान्ति राना (कञ्चनपुर), शारदा चौधरी (कपिलवस्तु) र सुदिप हुजदार थारु (उदयपुर) छन् । निर्वाचित सबैलाई निर्वाचन मण्डलका संयोजक विश्राम चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।