
झापा प्रहरी कार्यालयले लुकाईछिपाई ल्याएको अवैध सामान बरामद गरेको छ । सो कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार हिजो शनिबार ३ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६ गैरीगाउँमा सो सामग्री बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलि ल्याउदैगरेको अन्दाजी एक लाख १२ हजार रुपैयाँ राबरको कपडा, झोला र पूजामा प्रयोग हुने सामानहरु बरामद गरी आवश्यक कार्वाहीका लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको रिजालले बताए ।