
तनहुँको व्यास नगरपालिका–११ स्थित निर्वु सामुदायिक वनमा एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
टाउको छुटिएको अवस्थामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । लिङ्ग पहिचान नभएको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।