
घोडाघोडी नगरपालिका –११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
उनको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर दिवालमा कपडाले बेरेर लुकाई छिपाई राखेको अवस्थामा सो पेस्तोल र गोली फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
हाल फरार कठरियाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।