०९ साउन २०८३, शनिबार
सहमतिपछि काममा फर्किए डाक्टर

दोषीलाई कारबाही गर्ने सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

दोषीलाई कारबाही गर्ने सहमतिपछि चिकित्सक संघको आन्दोलन फिर्ता

आन्दोलनरत चिकित्सक संघ र सरकारबीच सहमति भएको छ। 

घटनामा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गर्नुका साथै उक्त घटना छानबिन गरी एक हप्ताभित्र दोषीलाई कारबाही गर्ने सहमतिपछि संघले आन्दोलन स्थगित गरेको छ। 

राष्ट्रपति सवारीका क्रममा हिँडेको भन्दै केही दिनअघि प्रहरीले डाक्टरमाथि हातपात गरेपछि त्यसको विरोधमा संघले देशैभरका सरकारी अस्पतालका अत्यावश्यकबाहेक सेवा आज (आइतबार) बन्द गर्ने निर्णय गरेको थियो। 

संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी तत्काली आफ्नो जिम्मेवारीमा फर्किने सहमति भएको हो। 

संघका तर्फबाट चिकित्सक संघका अध्यक्ष लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। 

डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको चिकित्सक संघले गरेको अस्पताल बन्दको विरोधमा बिरामी आफन्त विरोधमा उत्रिएका थिए। 

salt training

कमेन्ट गर्नुहोस्