०७ असार २०८३, आइतबार

हवाई इन्धन बेचेर कसैलाई मोटाउन दिइँदैन- मन्त्री किराती

हवाई इन्धन बेचेर कसैलाई मोटाउन दिइँदैन- मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई इन्धन बेचेर कसलाई मोटाउनुपरेको भएर प्रश्न गरेका छन् ।

आइतबार संसदको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई सम्बोधन गर्दै मन्त्री किरातीले अब कसैलाई हवाई इन्धनमा धेरै नाफा किन ? भन्ने विषयमा संसदमा छ्लफल गर्ने बताए ।

उनले अब हवाई इन्धन बिक्रीका नाममा कसैलाई पनि मोटाउन नदिइने बताए ।

अन्तराष्ट्रिय बजारमा भन्दा नेपालमा किन दोब्बर महँगो भन्ने विषयलाई आफूले गम्म्भीरसाथ उठाउने पनि मन्त्री किरातीले बताए ।

नेपालमा इन्धनकै कारण हवाई भाडा ३५ प्रतिशत महँगो पर्ने गरेको छ । नेपाल आयल निगमलाई कम नाफा लिएर हवाई इन्धन बिक्री गर्ने व्यवस्था मिलाउने पनि उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्