१९ असार २०८३, शुक्रबार

'जनयुद्ध दिवस'मा बिदा दिइएको भन्दै मानवअधिकार समाजको आपत्ति

'जनयुद्ध दिवस'मा बिदा दिइएको भन्दै मानवअधिकार समाजको आपत्ति

फागुन १ गते 'जनयुद्ध दिवस'का दिन दिइएको सार्वजनिक बिदाप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ। 

बागमती  र कर्णाली प्रदेश सरकारले उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेका छन्। 

समाजले आज एक विज्ञप्ति जारी गर्दै दुवै प्रदेशका उक्त निर्णय विवादास्पद, लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल भएको ठहर गरेको छ। 

त्यस्तै माघ २७ गते काठमाडौंमा राष्ट्रपति विद्या देवी भण्डारीको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएको घटनाप्रति पनि समाजले निन्दा गरेको छ। 

उसले भनेको छ- राजतन्त्र उन्मूलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिने गरी कायम रहेको कथित 'सवारी' प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत छ ।

salt training

कमेन्ट गर्नुहोस्