
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षमा बजेटमार्फत सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बजेटको अर्धवार्षिक समीक्षा पेश गर्दै संसदलाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री पौडेलले यो वर्ष अर्थतन्त्रमा संकट रहेकाले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताएका हुन् ।
पौडेलले अर्थमन्त्रमा संकट कायमै रहेकोले आर्थिक वृद्धिदर अपेक्षाअनुसार नहुने स्पष्ट जानकारी दिएका छन् ।
उनले पछिल्लो ६ महिनाको अर्थतन्त्रको अवस्थाले उक्त लक्ष्य पूरा नहुने बताएका हुन्।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले कटौतीसमेत गरेको छ ।