३२ असार २०८३, बिहीबार

राप्रपाको विद्यार्थी संगठनले साउन मसान्तमा महाधिवेशन गर्ने

राप्रपाको विद्यार्थी संगठनले साउन मसान्तमा महाधिवेशन गर्ने

राप्रपानिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आगामी साउन मसान्तमा महाधिवेशन गर्ने निर्णय गरेको छ। 

माघ २८ र २९ गते काठमाडौंमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो। उक्त भेलाले ७ वटा बुँदामा निर्णय गरेको छ। 

सम्पूर्ण जिल्ला र क्याम्पस तहमा संगठन आक्रामक ढंगबाट विस्तार गर्ने पनि भेलाले निर्णय गरेको छ।

भेलामा प्रस्तुत गरिएको विधानलाई संशोधनसहित आगामी महाधिवेशनमा पेश गर्ने अनुमति पनि प्रदान गरिएको छ ।

भेलाले गरेका अन्य निर्णयहरू

-संगठनको आगामी महाधिवेशनलाई व्यवस्थित र विधिसम्मत ढंगबाट सम्पन्न गर्न  कमल रजवार ९बम०को संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरिएको छ ।

-आगामी स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उमेदवार खडा गर्ने र संगठनको सम्पूर्ण शक्ति स्ववियु निर्वाचनमा परिचालन गर्ने निर्णय गरिएको छ।

-हरेक वर्ष पाठ्यपुस्तक छपाइ, वितरणमा देखिएको समस्या र विद्यार्थीले भोग्नुपरेको सास्तीलाई दृष्टिगत गर्दै समयमै पाठ्यपुस्तक छपाइको प्रक्रिया प्रारम्भ गर्न संगठनले माग गरेको छ।

-बर्सेनि रोजगार बजारमा उत्पादित युवा जनशक्तिलाई स्वदेशमै उचित रोजगारीको व्यवस्था गर्न संगठनले सरकारसँग माग गरेको छ।

-देशको वर्तमान शैक्षिक क्षेत्रको सुधार र शिक्षामा देखिएको विकृति र विसंगति अन्त्यका लागि सबै विद्यार्थी संगठनबीच साझा धारणा बनाउन राप्रविसंले आवश्यक पहलकदमी लिने निर्णय गरिएको छ।

भेलाले कमल बम रजवारलाई महाधिवेशन आयोजक समितिको संयोजक पनि चयन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्