०३ साउन २०८३, आइतबार

माथिल्लो त्रिसुली थ्रि बीको पिपिए

कात्तिक २०, २०७४
माथिल्लो त्रिसुली थ्रि बीको पिपिए
काठमाडौं, ७ भदौ ।
नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिसुली जलविद्युत कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो ।

प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रवन्ध सञ्चालक मोहनप्रसाद गौतमले पीपीएमा हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) उत्पादन हुने १३४ दशमलव ८८ गिगावाट घण्टा र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७ दशमलव ७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश  ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।

आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रवन्ध सञ्चालक गौतमले जानकारी दिए । वित्तिय व्यवस्थापनका लागि नविल बैकको नेतृत्वमा सहवित्तियकरणमार्फत लगानी गर्न प्रारम्भिक सम्झौता भएको उहाँले जानकारी दिनु भयो । सहवित्तियकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैक रहने छन् ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०÷३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालीकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली थ्रि एको क्यास्केड आयोजना हो ।

salt training

कमेन्ट गर्नुहोस्